विमानस्थलमा बेलुका आधा घण्टा अरु उडान नहुने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

विमानस्थलमा बेलुका आधा घण्टा अरु उडान नहुने


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटालीको रोम जाँदा बेलुका आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान नहुने भएको छ ।

बेलुका ५ बजेर ४० मिनेटदेखि ६ बजेर १० मिनेटसम्म अरु उडान नहुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज बेलुका इटाली जान लागेका हुन्। पर्सि ८ गतेदेखि संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने युनाइटेड नेशन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस