विषालु च्याउ खाँदा एक जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विषालु च्याउ खाँदा एक जनाको मृत्यु


६ श्रावण २०८०, शनिबार


  काठमाडौँ । डडेल्धुरामा जङ्गली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।

गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजदुरको विषालु च्याउ खाँदा शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारुको मृत्यु भएको हो। 

च्याउ खाएर बिरामी परेकी उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस