चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


६ श्रावण २०८०, शनिबार


काठमाडौँ । सुनसरीको इटहरीको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन् ।

शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे  ठोक्किएदा दुर्घटना भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा घाइते भएका चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।  उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । 

दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । पिकअप चालक भारत दार्जिलिङ निवासी  गोविन्द वरमुन प्रहरी नियन्त्रणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस