फिफा वरीयतामा नेपालको स्थान यथावत् « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फिफा वरीयतामा नेपालको स्थान यथावत्


४ श्रावण २०८०, बिहिबार


काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् रहेको छ । 

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् छ । 

नेपाल दक्षिण एसियाली वरीयतामा पनि तेस्रो स्थानमा यथावत् छ । दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत एक स्थान उक्लिदै ९९औँ स्थानमा पुगेको छ । 

दोस्रो स्थानको माल्दिभ्स १५५औँ स्थानमा, चौथो स्थानको भुटान १८५, पाँचौँ स्थानको बंगलादेश १८९औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान २०१औँ स्थानमा र फिफाको प्रतिबन्धमा रहेको श्रीलंका २०४औँ स्थानमा छ । 

फिफा वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत् छ । यस्तै, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम पनि यथावत् छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस