काठमाडौँ । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ।
भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको हो। अर्का निलम्बित नायब सुब्बाको भने नाम नखुलेको बताइएको छ।
बुधबार हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । बरामद भएको सुन १ सय केजी भनिए पनि सुनको परिमाण एकिन भइसकेको छैन। सुनको एकिन परिमाण थाहा पाउन विभागले सुन जोख्न राष्ट्र बैंक पठाएको हो ।
विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।
सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)
सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद