जलजलामा बिरामी चितुवाको उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जलजलामा बिरामी चितुवाको उद्धार


४ श्रावण २०८०, बिहिबार


पर्वत । पर्वतको जलजला गाउँपालिका-८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो । 

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनले बताए ।   
    
पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्याएको क्षतिपूर्तिबापत पीडितलाई २६ लाख ८६ हजार रुपैयाँ भुक्तानी गरेको छ । 
रासस 

Tags :
प्रतिक्रिया दिनुहोस