साँगामा बस दुर्घटना, ५ जना घाइते  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साँगामा बस दुर्घटना, ५ जना घाइते 


३ श्रावण २०८०, बुधबार


काठमाडौँ  । काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३:१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस