युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनायो ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरीइ सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस