यी हुन मन्त्रिपरिषद् बैठकका तीन निर्णय  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

यी हुन मन्त्रिपरिषद् बैठकका तीन निर्णय 


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

यस्तै, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण पनि स्वीकृति भएको छ।

इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको हुन् ।

प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने भएका छन् ।

यस्तैगरी, बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सन्चालक समिति सदस्यमा सोही अस्पतालका डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस