कांग्रेस केन्द्रीय समिति बैठक : आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय समिति बैठक : आज केन्द्रीय सदस्यहरूले धारणा राख्ने


३ श्रावण २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी एक वर्षको कार्यक्रममा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ ।

मङ्गलवार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राखेका थिए।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्य योजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ।

यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस