कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सामान्यको परिपत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न सामान्यको परिपत्र


२ श्रावण २०८०, मंगलबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्न गराउनु आग्रह गरेको छ ।
सोमबारको सचिव स्तरको निर्णय अनुसार मन्त्रालयले प्रदेश मन्त्रालय/आयोग/सचिवालय/निर्देशनालय/कार्यालय र स्थानीय तहलाई कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्न परिपत्र जारी गरेको हो ।

कार्य सम्पादन सम्झौता गरेका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सो सम्झौतामा उल्लेखित लक्ष्य र त्यसमा हासिल भएको प्रगति, कार्यालयको समग्र कार्य सम्पादनको स्तर तथा कार्य विवरणलाई आधार लिई कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस