कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत फेला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत फेला


२ श्रावण २०८०, मंगलबार


बाजुरा। कुर्सीमा बसेको अवस्थामा एक जना कर्मचारी मृत भेटिएका छन् ।

बाजुरास्थित बूढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५–५६ वर्षीय जयलाल दानी आफ्नै निवासमा कुर्सिमा बसिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

दानी बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आफ्नै सरकारी निवास अगाडि कुर्सीमा बसेको अवस्थामा मंगलबार बिहान मृत भेटिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र बोहराले बताए ।

उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस