२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको लेलेमा करेन्ट लागेर एकको मृत्यु

अ+ अ-

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका,लेलेको भञ्जाङ सौराहामा हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच लेले भञ्जाङ महादेव खोलाका स्थानीय राजु तामाङको हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

२६ वर्षीय तामाङ बिहान पाँच बजे बाटोमा हिँड्दै गर्दा एक्कासी तार चुँडिएको स्थानीयको भनाई छ ।

विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

विद्युत् प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सन लाइन व्यवस्थित गर्न तथा रुख कटानका लागि स्थानीयले आग्रह गर्दा व्यस्तता गरेको कारण घटना घटेको स्थानीय यादव महतले बताए ।

उनले भने, ‘११ हजार भोल्टेजको हाइटेन्सन लाइन यो क्षेत्रमा अव्यवस्थित रूपमा छ । बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो । पटक पटक तार चुँडिने लगायतका घटना हुँदै आएको छ । स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत् प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले सुन्दैन,बेवास्ता गर्दै आएको छ ।’