हेटौँडा अस्पताललाई डायलासिस मेसिन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हेटौँडा अस्पताललाई डायलासिस मेसिन


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । हेटौँडा अस्पतालको डायलासिस सेवालाई थप प्रभावकारी बनाउन दुई  मेसिन थप गरेको छ । मिर्गौलाका बिरामीलाई लक्षित गर्दै हेटौँडा उपमहानगरले आरोग्य फाउन्डेसनबाट हेटौँडा-११ चुरेहीलमा सञ्चालनमा रहेका दुई मेसिन हेटौँडा अस्पतालमा स्थानान्तरण गरेको हो । 

चुरेहिलमा डायलासिस सेवा बन्द भएपछि उपमहानगरले फाउन्डेसन सँग सहकार्य गर्दै आजदेखि हेटौँडा अस्पतालमा उक्त सेवा सञ्चालन गरेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । योसँगै डायलासिस सेवा लिन बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । बिरामीले अब हेटौँडामै सेवा पाउने हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रामचन्द्र सापकोटाले बताए ।

नगर प्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवा थप प्रभाकारी बनाइने बताइन् । हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँका अनुसार डायलासिस सेवाका लागि ४५ बिरामी पर्खाइमा छन् । हेटौँडा अस्पतालले हाल १३ मेसिनबाट डायलासिस सेवा दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस