राष्ट्रिय वाणिज्य बैंक द्वारा ११ नयाँ  शाखाको सञ्चालन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय वाणिज्य बैंक द्वारा ११ नयाँ  शाखाको सञ्चालन


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

११ वटा नयाँ शाखा बैंकले सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको जम्मा शाखा संख्या दुई सय ८२ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णाली ग्रामीण र सहरी क्षेत्रमा शाखा सञ्चालन गरी आमनागरिकमा डिजिटल बैंकिङ सेवा प्रवाह गरिरहेको जानकारी दिए ।

हाल बैंकले ७७ वटै जिल्लाको सदरमुकामसहित दुई सय ८२ शाखा, ६५ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैङ्किङमार्फत सेवा दिइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस