सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)


१ श्रावण २०८०, सोमबार


काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइका अनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रृवहाक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले घटेको भाडादर आजदेखि नै लागू हुने भन्दै त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई दिइएको बताए ।

उनले भने, ‘घटाएको भाडादर आजदेखि नै लागू हुनेछ, त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ, पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ । त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजनको लागि उनले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

हेर्नुस् सूची:

Tags :
प्रतिक्रिया दिनुहोस