विज्ञ समूहले प्रेस काउन्सिललाई बुझायो सुझावसहितको प्रतिवेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विज्ञ समूहले प्रेस काउन्सिललाई बुझायो सुझावसहितको प्रतिवेदन


३१ असार २०८०, आइतबार


काठमाडौँ । पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितको प्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले आइतबार काउन्सिललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पुराना र नयाँ सञ्चार माध्यमको नियमन, सूचीकृत भएर तथा नभई सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हाल भइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यास लगायतका विषयमा सुझाव दिइएको छ ।

प्रतिवेदन बुझ्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले विज्ञ समूहबाट आएका सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

काउन्सिलले असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिन जिम्मेवारी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस