वैदेशिक रोजगारमा जानेका लागि अध्यागमनद्वारा थप कडाइ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारमा जानेका लागि अध्यागमनद्वारा थप कडाइ


३१ असार २०८०, आइतबार


काडमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकका लागि थप कडाइ गरेको छ । वैदेशिक रोजगारमा जानेहरूको कागजात शङ्कास्पद देखिएको भन्दै विभागले थप कडाइ गरेको हो ।

केही दिनयता कुवेत जान लागेका श्रमिकहरूले पेश गरेका भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको, भिसाको अवस्था वेटिङ एप्रुबल देखिई भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएको, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरू देखिएको जनाउँदै विभागले थप कडाइ गरेको हो । विभागका निर्देशक एवम् सूचना अधिकारी खिमराज भुसालले आइतबार विज्ञप्ति निकालेर कसैलाई दुःख दिने नियतले नभई आगमन एवं प्रस्थानलाई व्यवस्थित गर्न थप व्यवस्था गरिएको जनाएका छन् ।

सम्बन्धित समाचार : सरकारी निकायबीच विश्वासको कमीले श्रमिकलाई सास्ती, कर्मचारीमा भिसाको ज्ञान नभएको आरोप !

उनका अनुसार अब अङ्ग्रेजी बाहेक अन्य भाषामा भएका भिसा अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने छन् । यसैगरी भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति÷सम्झौता पत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्ने, प्यारेन्ट कम्पनीरहोल्डिङ कम्पनी अन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट कम्पनीरहोल्डिङ कम्पनीले उक्त कम्पनी आफू मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेश गर्नुपर्ने र कुवेत जाने श्रमिकहरूको ई भिसाका सम्बन्धमा सम्बन्धित म्यानपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिवद्धता पत्र पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस