२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको हवाई क्षेत्र असुरक्षित हुनु नियामक निकायको असक्षमता हो : सांसद गौतम 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले नेपालको हवाई क्षेत्र असुरक्षित देखिनुमा नियामक निकायको असक्षमता भएको बताएकी छन्। 

सोलुखुम्बुको लिखुपिकेस्थित लामजुराडाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको प्रसंगमा उनले नियामक निकायको असक्षमता भएको उल्लेख गरेकी छन्।

‘सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ। उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ,’ प्रतिनिधि सभामा आइतबार बोल्दै उनले भनिन्, ‘यो नियामकीय असक्षमता हो।’

उनले पछिल्लो समयमा भएका दुर्घटना र त्यसले पुर्‍याएको मानवीय क्षतिको समाचार पढेर सुनाएकी थिइन्। यस्ता दुर्घटनापछि गरिने छानबिनले चालक र एयरलाइन्सको गल्ती देखाउने गरेको भन्दै यसरी गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन नसक्ने पनि उनले बताइन्। 

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रश्नसमेत गरेकी छन्।

‘चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन। यदी त्यस्तो हुने हो भने अन्यत्र पनि जहाज खसेको खस्यै हुने थिए होलान् नि! तर एयरलाइन्स नै जवाफदेही हुने भए यो नियामक निकाय किन चाहिएको? म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहान्छु,’ उनले भनिन्।