महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज


३१ असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस