रास्वपा लक्षित अर्थमन्त्री महतको टिप्पणी : कति टिक्छन् हेरौँला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रास्वपा लक्षित अर्थमन्त्री महतको टिप्पणी : कति टिक्छन् हेरौँला


३० असार २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू धेरै समय नटिक्ने बताएका छन्। शनिबार तमु सङ्घको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री महतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलतर्फ संकेत गर्दै उनीहरू लामो समय टिक्न नसक्ने बताएका हुन्। 

‘अहिले नयाँ नयाँ प्रवृत्तिहरू आइरहेका छन्। यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौँ भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दसौँ वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली काँग्रेस,’ उनले भने।
 
मन्त्री महतले लोकतन्त्र बलियो नभएको बताउँदै त्यसका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका हुन्। ‘यी नयाँ प्रवृत्तिहरू देखिएका छन् उनीहरूले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला। नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो भइसकेको छैन। यसलाई बलियो बनाउन नेपाली काँग्रेस बलियो हुनुपर्छ। सबै जातजाति मिलेर काँग्रेसलाई बलियो बनाउनुपर्छ,’ उनले भने।  

Tags :
प्रतिक्रिया दिनुहोस