भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो र सत्ता टिकाउने खेल मात्रै नबनोस् : रवि लामिछाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो र सत्ता टिकाउने खेल मात्रै नबनोस् : रवि लामिछाने


३० असार २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोलेको भन्दै धन्यवाद दिएका छन् । शनिवार पार्टीको बूढानीलकण्ठ भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी फाइल खोलेर मात्रै नहुने भन्दै यसले निरन्तरता पाउनुपर्ने बताए । 

भ्रष्टाचारमा संलग्न साना ठुला सबैलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । ‘सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम शुरूआत गरेका छ । फाइल खोल्नु र चलाउनु अलग कुरा हो,’ उनले भने, ‘चलाएको मात्रै हो भने खबरदार, खोलेको हो भने स्वायाबास । एकएकलाई समाउनू, कसैलाई नछोड्नू ।’

सानातिनालाई समाएर तर्काउने काम भने हुन नहुने उनले बताए । ‘सानातिनालाई समाएर तर्साउने काम नहोस् । भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो नबनोस् । सत्ता टिकाउने खेल मात्र नबनोस्,’ उनले भने, ‘साँच्चै भ्रष्टाचारीलाई सक्ने हो भने हामी साथ दिन्छौँ । शक्तिका आडमा केही फस्ने र केही बच्ने काम नहोस् ।’

सरकारले पछिल्लो समय भ्रष्टाचार विरोधी फाइलहरू खोलिरहेको छ । ललिता निवास जग्गा हिनामिना प्रकरण त्यसको उदाहरण हो। यसअघि नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस