दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति    « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दार्चुलामा भारततर्फ सडक बनाउँदा नेपालमा क्षति   


३० असार २०८०, शनिबार


खलङ्गा । भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्‍याएको छ ।

भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँ बस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयवासीको घर र गोठमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

बिहीबार र शुक्रबार लगातार सडक निर्माणका लागि विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गा उछिट्टिएर स्थानीय नरभान बडू, हरकसिंह ठगुन्ना र जगतसिंह ठगुन्नाको घरमा क्षति पुगेको हो । ‘ब्लास्टिङ गर्दा भारतबाट ढुङ्गा उछिट्टिएर नेपालतर्फ खेतबारीसम्म पुगेका छन्, भारतीय पक्षले बिना सूचना ब्लास्टिङ गर्ने गरेको छ, यसबाट थप क्षतिको खतरा छ’, स्थानीय नरभान बडूले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस