भ्रष्टाचारी जोगाउन काँग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारी जोगाउन काँग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन


३० असार २०८०, शनिबार


झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन काँग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन काँग्रेस र कम्युनिस्ट एक स्थानमा उभिने प्रमाणित भएको दाबी गरेका हुन् । 

भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उनले ठुलाठुला भ्रष्टाचार काण्डमा काँग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एक स्थानमा उभिएको आरोप लगाए । 

चीन र भारतका लागि कम्फर्टेबल सरकारको खोजीमा लागेका काँग्रेस र कम्युनिस्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको भन्दै उनले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातारात पार्टी प्रवेश गराउने काँग्रेस र कम्युनिस्ट पार्टीमा अहिले कोही नगएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस