पुनर्वास नगरपालिकाका कर्मचारी लागुऔषधसहित पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुनर्वास नगरपालिकाका कर्मचारी लागुऔषधसहित पक्राउ


२९ असार २०८०, शुक्रबार


पक्राउ

काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागुऔषधसहित पक्राउ परेका हुन्।

पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित अर्का युवक असिम थापा पक्राउ परेका छन्।

नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका- को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।

शर्माका अनुसार कर्मचारी बडू र अर्का युवकको साथबाट पाँच सय ४१ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ।

शुक्रबार कार्यालय नगएका ती कर्मचारी लागुऔषधसहित पक्राउ परेका हुन्। पुनर्वास कर्मचारी स्रोतका अनुसार सहायक वडासचिव समेत रहेका बडू करारका कर्मचारी हुन्। कर्मचारी नै लागुऔषधमा संलग्न भएपछि स्थानीय अचम्मित भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस