२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको २०८०/८१ को बजेट नगर सभाबाट सर्वसम्मत पारित

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मत पारित भएको छ।

शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३ औं नगर सभाको पाँचौँ बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरेको हो। गत असार १० गते महानगरकी उपप्रमुख सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन्।

बैठकमा नगरसभा सदस्यहरूले फुटपाथ व्यापार निषेध मात्र नगरी त्यसको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन्। यस्तै २३ का वडाध्यक्ष मच्चाराजा महर्जनले महानगरबाट हनुमान ढोकामा सावरी साधन निषेध गर्न निर्देशन दिएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। 

‘महानगरबाट भोलिदेखि हनुमान ढोका परिसरमा ताला मार्न निर्देशन दिएको रहेछ,’ उनले नगरसभा बैठकमा भने, ‘हामी चार वटा वडा र त्यहाँका स्थानीयहरू बसेर समितिमा छलफल गरिरहेका छौँ। समितिहरूसँग छलफल गरेर ३१ गतेसम्म निष्कर्ष निकाल्ने गरी काम गरिरहेका छौँ।’

‘हामीले वडाबाटै काम गर्दा पनि च्यालेन्ज गरिएको हो’, उनले प्रश्न गरे, ‘हामी छलफल गरेर काम गरिरहेका छौँ। त्यस्तो काम नगर्नुस्। कसले (महानगरका मेयर बालेन शाह वा नगर प्रमुख राजुनाथ पाण्डे) निर्देशन दिएको हो जवाफ चाहियो।’ 

महानगरले दश वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। 

प्रतिक्रिया दिनुहोस