रघुजी पन्तको प्रश्न- मिटरब्याज सम्बन्धी विधेयक आफू नल्याउने, दोष एमालेलाई दिने ? « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रघुजी पन्तको प्रश्न- मिटरब्याज सम्बन्धी विधेयक आफू नल्याउने, दोष एमालेलाई दिने ?


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएकोप्रति आक्रोश पोखेका छन्।

सत्तापक्षले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फेलाउँदै हिँडेको तर सदन निर्वाध चल्दा विधेयक कार्यसूचीमा नराखिएको भन्दै सांसद पन्तले असन्तुष्टि जनाएका हुन्।

‘एमालेको अवरोधका कारण विधेयक पास भएन भन्दै हिँड्नुभएको थियो ।आज हामीले हाउस रोकेका छैनौँ, तर विधेयक छैन,’ सांसद पन्तले भने।

उनले सो विधेयक संसदमा ल्याउन के कारणले रोकिएको हो त्यसबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने बताए।

‘विधेयक आफू नल्याउने, अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने?,’  उनले भने, ‘यो स्वभाविक भएन।’

Tags :
प्रतिक्रिया दिनुहोस