सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्य « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्य


२८ असार २०८०, बिहिबार


डोटी ।  सर्पको टोकाइबाट डोटीमा एक वृद्ध महिलाको मृत्यु भएको छ । 

जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले जानकारी दिए । 

घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेका बेला बिहीबार दिउँसो सर्प आएर भट्टलाई टोकेको बताइएको छ । भट्टलाई उपचारका लागि दिपायलस्थित शैलेश्वरी अस्पतालमा ल्याइएको र उपचारका क्रममा उनको बेलुका करिब ५.३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस