काठमाडौँ । चट्याङ लागेर डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीलामा एक जनाको मृत्यु भएको छ ।
बिहीबार दिउसो करिब २ बजे तिर ६६ वर्षका हर्क बहादुर बोहराको मृत्यु भएको मृत्यु भएको हो ।
घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जनाएका छन् । चट्याङका कारण सोही गाउँका स्थानीय डम्मर सिंह बोहराका ६ वटा बाख्राको समेत मृत्यु भएको स्थानीयले जनाका छन् ।