आगामी वर्ष थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ: मन्त्री बस्नेत « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आगामी वर्ष थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ: मन्त्री बस्नेत


२८ असार २०८०, बिहिबार


काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन्। 

उनले आगामी दश वर्षभित्रमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उल्लेख गरे। सोही अनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो।

‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ। आगामी वर्ष थप ९ सय पुर्‍याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ। २० हजार बढी मेगावाट विद्युत् उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ। र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ।’ मन्त्री बस्नेतले विद्युत्को आन्तरिक खपत क्षमता बढाउने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस