सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा


२७ असार २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।

दाहालको ६९ वर्षको उमेरमा आज बिहान ८: ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस