सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सीता दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त


२७ असार २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस