थाइल्यान्डका प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थाइल्यान्डका प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा


२६ असार २०८०, मंगलबार


काठमाडौँ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। नयाँ सरकार गठन नभएसम्म उनले प्रधानमन्त्रीकै रूपमा काम गर्ने भएका छन्। 

युनाइटेड थाई नेसन (युटिएन) पार्टीको आधिकारिक फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै उनले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब म युटिएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दै छु।’

उनले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गरेका छन्। उनको यो निर्णय थाई संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिनअघि सार्वजनिक भएको हो। 

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुतले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गरेका थिए। (एएफपी)

Tags :
प्रतिक्रिया दिनुहोस