प्रशासनिक अन्याय विरुद्ध भन्दै नाथममा कर्मचारीको रिले अनसन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रशासनिक अन्याय विरुद्ध भन्दै नाथममा कर्मचारीको रिले अनसन


२६ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा कर्मचारीहरूले रिले अनसन सुरु गरेका छन् ।

प्रशासनिक अन्याय विरुद्ध भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्तरिक पदपूर्तिमा अनियमितता गरेको, खारेज भइसकेका शाखाहरूमा कर्मचारी नियुक्तिको तयारी भइरहेको उनीहरूको भनाई छ । 

५ बुँदे माग राखेर मङ्गलवार देखी आन्दोलन थालेका उनीहरूले बद्नियतपूर्ण तरिकाले खोल्न लागिएका विज्ञापन तुरुन्त रोक्नुपर्ने, पदपूर्ति र बढुवा न्यायोचित हुनुपर्ने बताएका छन् ।  उनीहरूले रिले अनसन अवधिभर प्रशासनिक कामहरू नगर्न र अनसनमा हस्तक्षेप नगर्नसमेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस