जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा


२६ असार २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छिन।

आज सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन। सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भए पनि निष्कर्षमा भने पुगि नसकेको मन्त्री शर्माको भनाई थियो। त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतिको सरकारमा जोड दिनु भएको पनि स्मरण गराइन।

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकिर समेत गरिन। प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताइन।

Tags :
प्रतिक्रिया दिनुहोस