व्यवसायी दुर्गा प्रसाईँसँग ३० करोड माग्ने एक जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यवसायी दुर्गा प्रसाईँसँग ३० करोड माग्ने एक जना पक्राउ


२६ असार २०८०, मंगलबार


काठमाडौँ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्काउने एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रमेश गुरुङ रहेका छन्। गुरुङलाई मङ्गलवार महाराजगञ्जबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए।

पक्राउ परेका गुरुङले व्यवसायी प्रसाईँलाई ३० करोड माग्दै नदिए ज्यान मार्ने धम्की दिएका थिए।

ज्यान मार्ने धम्की आएसँगै व्यवसायी प्रसाईँले प्रहरीमा उजुरी गरेका थिए। सोही उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस