राष्ट्रिय सभामा सांसद पौडेलको आक्रोश : हामी टाउको गन्ने भेडा बाख्रा मात्रै हौँ ?  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभामा सांसद पौडेलको आक्रोश : हामी टाउको गन्ने भेडा बाख्रा मात्रै हौँ ? 


२६ असार २०८०, मंगलबार


काठमाडौँ । पूर्व परराष्ट्र मन्त्री राष्ट्रिय सभा सांसद विमला राई पौडेलले, हामी सार्वभौम सांसद हौ कि ? टाउको गन्ने भेडा बाख्रा भन्दै आक्रोश पोखेकी छिन् । 

मङ्गलवार बसेको राष्ट्रिय सभा बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले, जति भने पनि बजेट निर्माण र कार्यान्वयनको प्रक्रिया परिवर्तन नभएको भन्दै आक्रोश पोखेकी हुन् । 

‘जति भने पनि परिवर्तन हुँदैन भन्ने कुरा हामीले बुझेका छौँ । कोही गठबन्धनका विरोधी कोही गठबन्धनका सिपाही । गठबन्धनका विरोधीले कमी कमजोरी औल्याउने गठबन्धनका सिपाहीले टेबल ठटायर पास गर्ने ।’ उनले भनिन् ‘मन्त्री ज्युहरुले जवाफ दिए  जस्तो गर्ने । यही कर्मकाण्ड मै छौँ हामी अहिले पनि । लाज पनि लाग्छ की हामी इन्डिपेन्डेन्ट सर्वभौम सांसद हौ की टाउको गन्ने भेडा बाख्रा हौँ जस्तो लाग्छ ।’

उनले परराष्ट्रमन्त्रालयले असंलग्न परराष्ट्र नीति छोडेको जस्तो महसुस भएको टिप्पणी गरिन् ।  

नेपाल छिमेकी राष्ट्रहरुसंग असंलग्न हैन असमानताको व्यबहारमा गएको र अहिलेको बजेटले पनि त्यही देखाएको उनको आरोप छ । 

Tags :
प्रतिक्रिया दिनुहोस