मालपोत अधिकृतसहित चारलाई कैद सजाय, खरिदारले पाए सफाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मालपोत अधिकृतसहित चारलाई कैद सजाय, खरिदारले पाए सफाइ


२५ असार २०८०, सोमबार


काठमाडौँ ।  विशेष अदालतले मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराईसहित चारजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय बलभद्र बास्तोला र खुसी प्रसाद थारुको इजलासले सोमबार यस्तो फैसला गरेको हो । 

उनीहरूले मृतक महिलाका नाममा रहेको जग्गा नामसारी गरी अर्कै मान्छेका नाममा लगी बेचबिखन गरेको भेटिएपछि सजाय तोकिएको हो । 

यस मुद्दामा मालपोत कार्यालय धरानका खरिदार श्यामप्रसाद लोले सफाइ पाएका छन् भने बाँकी चारजनामाथि कसुर कायम भएको छ । चारैजना प्रतिवादीलाई जनही तीन/तीन महिना कैद र १०/१० हजार रुपैयाँ जरिवाना भएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस