‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास छैन’  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास छैन’ 


२५ असार २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास नरहेको बताएका हुन् ।

‘म पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको हुँ, तर परिस्थितिवश मलाई प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलाग्यो । म तेस्रो पटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यही अनुसार गर्दै आएको हुँ,’ उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दैछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस