मन्त्रीद्वारा योजनाको अनुगमन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रीद्वारा योजनाको अनुगमन


२५ असार २०८०, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन् ।उनले राप्ती गाउँपालिका-२ स्थित कटाहाघाटमा निर्माण हुन लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन् ।

पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो । रू ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ ।

मन्त्री मास्कीले गढवा गाउँपालिका-४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन् । यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षात्मा सास्ती भोग्नुपरेको थियो । तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका हुन् ।

त्यस्तै उनले गढवा गाउँपालिका-३ स्थित निर्माणाधीन कोल्डस्टोरको पनि अनुगमन गरेका हुन् । कोल्डस्टोर निर्माण सम्पन्न भएपछि उत्पादित कृषिजन्य वस्तु भण्डारणका लागि सहज हुने मन्त्री मास्कीले बताए । उनले नियमितको अनुगमनले निर्माण दिगो र छिटो सम्पन्न हुने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस