एमाले संसदीय दलको बैठक जारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले संसदीय दलको बैठक जारी


२५ असार २०८०, सोमबार


काठमाडौँ । प्रमुख तीन दलको बैठकलगत्तै नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारमा छलफल भएको थियो।

बैठकपछि संसद्को अवरोध हटाउन सकारात्मक भएको एमालेका एक नेताले प्रतिक्रिया दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस