मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन समिति निर्माण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन समिति निर्माण


२५ असार २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रूपमा अघि बढाउनको लागि पाँच सदस्यीय समिति निर्माण भएको छ ।

क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको हो ।

समितिको सदस्य सचिवमा क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल रहेका छन् । हेटौँडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाहरूको बैठकले प्रदेशको राजधानी हेटौँडामा विश्वविद्यालयको आवश्यकता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई नै विश्वविद्यालयको रूपमा अघि बढाउने गरी काम गर्न समिति निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस