२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोको उच्च जोखिममा रामतोला गाउँ, घर छाड्न बाध्य स्थानीय

अ+ अ-

ढोरपाटन । गत वर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँ नै जोखिममा पर्‍यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरू फर्किए ।

यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो राम तोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ ।

पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताए । उनका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन् ।

यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिराको जोखिममा छन् । यसअघिका पहिराले गाउँमा भएका दुई वटा खानेपानीको ट्याङ्कीसमेत बगाउँदा खानेपानीको समस्या थियो । ‘केही समय खानेपानीको व्यवस्थापन भए पनि अहिले फेरि उस्तै जोखिम परेको छ । घर, गोठ र जग्गा जमिन पहिराको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीय बर्खाभरिका लागि गाउँ छोड्न बाध्य भएका छन्’, शर्माले भने ।

हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उनको भनाइ थियो । उनले हिउँदभरि आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरूको घरमा बस्न थालेको बताए । पहिले पनि बस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिए ।

बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको बताउछन् । पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिराले घर गोठमा क्षति पुगेको थियो ।

‘पोहोर साल पहिरोले भएभरको बारी बगायो । घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरूको घरमा बसेका छौँ’, शर्माले भने, ‘उनीहरू आएर घर खाली गर्न भने कहाँ जाने, के गर्ने रु, भएको थोरै बारीमा काम गरेर परिवार चलाएको छु । बारी पनि यस वर्ष बगाउँछ जस्तो छ । गाउँ छोडेर अन्यत्र जाउँ भने जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ ।” चार जनाको परिवारसहित अरूको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उनको भनाइ थियो ।

पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोखे । उनका अनुसार गत वर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ ।

सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिएका छन् । गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो । घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उनले बताए । रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उनले सुनाए ।

‘यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पुर्‍याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासि पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,’ क्षेत्रीले भने, ‘अहिले पनि पोहोरको जस्तै पहिरो गयो भने यो गाउँ रहँदैन । बर्खा सुरु भएसँगै माथिको पहाड झर्न थालेको छ, यो पहाड झर्‍यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरू बगाउँछ ।’

प्रतिक्रिया दिनुहोस