परराष्ट्र मन्त्रालयमा दुई जना सचिव राख्नुपर्छ : नारायण खड्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

परराष्ट्र मन्त्रालयमा दुई जना सचिव राख्नुपर्छ : नारायण खड्का


२५ असार २०८०, सोमबार


काठमाडौँ । काँग्रेस सांसद नारायण खड्काले परराष्ट्र मन्त्रालयमा दुई जना सचिव चाहिने धारणा राखेका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय र पर्यटन समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

उनले एक जना प्रशासन र अर्को कन्सुलर हेर्नेगरी सचिव राख्नुपर्ने बताएका हुन्

युरोपमा ४० हजार रोजगारीको अवसर खुलेको बताउँदै नेपालमा रोजगारीको क्षेत्र व्यवस्थित गर्नुपर्ने धारणासमेत राखेका छन्।

यता नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशी सेनामा भर्ती भएका नेपालीबारे सरकारलाई थाहा छ कि छैन भनेर टिप्पणी गरे।

‘युरोप अमेरिकामा कति नेपाली छन्, कति नेपाली विदेश गएका छन् ? कति नेपाली विदेशी सेनामा भर्ती भएका छन् सत्ता र विपक्षी दलका सांसद अमेरिका गएका छन्, त्यहाँ पनि यस्तै झगडा गर्छन् कि मिल्छन् ?, उता मिल्छन् भने उतै बैठक बस्ने हो कि ?,’ उनले टिप्पणी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस