महानगरद्वारा सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाउनेलाई ५० हजार जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महानगरद्वारा सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाउनेलाई ५० हजार जरिवाना


२४ असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउने एक जनालाई कारबाही गरेको छ ।

महानगरका अनुसार काठमाडौँ-६ स्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहोर ढलमा मिसाएको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

महानगरपालिका भित्र जथाभाबी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहोर मिसाउनेलाई कारबाही गर्दै आइरहेको महानगरका नगर प्रहरीले जनाएको छ । सोही नियम अनुसार महानगरले बुढाथोकीलाई जरिवाना तिराउने काम भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस