१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतीनिधीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

खानेपानी ट्याङ्की निर्माण लागि आएको रकम कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही र वडाध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज मुद्दा दायर गरिएको हो  । 

चंखेली गाउँपालिका–२ मा खानेपानीको ट्याङ्की निर्माणका लागि आर्थिक वर्ष ०७७-७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ । 

ट्याङ्की निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्याङ्कन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ।

भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत शाहीलाई पूरा अनियमितता भएकै अङ्कमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ। 

गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सब इन्जिनियर) गोभधन बोहोरालाई त्यति नै बिगो कायम गरिएको छ। लेखापाल नवीन रेग्मीविरुद्ध पनि सोही अङ्कमा बिगो मागदाबी गरिएको छ। 

वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा (धिताल)विरुद्ध ६ लाख ४८ हजार सात सय ८६ बिगो दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस