सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको भाउ आज सात सय रुपैयाँले बढ्यो


२४ असार २०८०, आइतबार


काठमाडौँ । सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस