काठमाडौँ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह बढ्ने प्रक्षेपण छ।
सतर्कता तहभन्दा तलै रहने भए पनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न उसले नियमित बुलेटिनमार्फत आग्रह गरेको छ।
