कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


२४ असार २०८०, आइतबार


कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काँग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए ।आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली काँग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस