रोविन तामाङको आज अन्त्येष्टि गरिने  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रोविन तामाङको आज अन्त्येष्टि गरिने 


२४ असार २०८०, आइतबार


काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्तिम संस्कारको लागि विजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिनेछ ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । 

गायक रोविनको गत मङ्गलवार निधन भएको थियो। उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस